ब्रेकिङ स्टोरी

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

By खबरहब

February 07, 2023

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै संघीय संसद् सचिवालयमा पुगेर उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन्।

उपाध्यक्ष अर्यालले हस्ताक्षर गरेको पहिलो निर्णयमा संघीय संसदमा महिला सदस्यका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ।

अर्यालले केही बेर अगाडि शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

संघीय संसद् सचिवालयमा पदभार ग्रहण गर्दै राष्ट्रिय सभाकी उपाध्य उर्मिला अर्याल। तस्बिर : संघीय संसद सचिवालय