राजनीति

संघीयताको औचित्य छैन : बागमती प्रदेशमा राप्रपा सांसद घिमिरे

By खबरहब

February 07, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट बागमती प्रदेशसभाकी सांसद लक्ष्मी घिमिरेले प्रदेशको संरचना र संघीयताको औचित्य नभएको बताएकी छिन् ।

सो पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो, आज म आफैँ प्रदेश सांसद भइसकेपछी झन् प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु ।’

उनले अगाडि लेखेकी छिन्, ‘हामी हरेक पटकको बैठकमा संघीयता खारेजीको माग गर्छौं । संघीयता देश र जनताको लागि बोझ भइसकेको छ ।’