देश/प्रदेश

उचित मूल्य नपाएको भन्दै झापाली किसानले कुखुरा र अण्डा सडकमा फाले

By खबरहब

February 07, 2023

काठमाडौँ- उत्पादनको उचित मूल्य नपाएको भन्दै झापामा किसानले कुखुरा र अण्डा सडकमा फालेर विरोध जनाएका छन् ।

झापाको बिर्तामोड नगरपालिकाको मुक्तिचोकमा किसानहरुले अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् ।

किसानहरुले आफ्नो उत्पादनले उचित मूल्य नपाएको भन्दै सडकमा लेयर्स कुखुरा र अण्डा फालेका हुन् ।