देश/प्रदेश

होलीको दिन २५ सय बढी सवारी चालकमाथि कारबाही

By खबरहब

March 07, 2023

काठमाडौं – ट्राफिक प्रहरीले नियम उलंघन गरेको कसुरमा सोमबार मात्रै दुई हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने चार सय २६ जना रहेका छन् । लेन अनुशासन उलंघन गर्ने ९ सहित दुई हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, रेड लाइट उलंघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सवारी चलाउने १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।