बलिउड/हलिउड

पठानको कीर्तिमानी : १ हजार ३५ करोड कलेक्सन 

By खबरहब

March 07, 2023

मुम्बई – शाहरुख खान अभिनीत पठानले १०३६ करोड कलेक्सन गरेको छ ।

गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर कीर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दामाथिको कीर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर कीर्तिमान कायम गरेको हो । सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले कीर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरूले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको कीर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।