अन्तर्राष्ट्रिय

भूकम्पपछि टर्कीको पीडा

By मनोज घिमिरे

March 07, 2023

भत्किएको घर, त्यसको छेउमा बनाइएको एउटा झुपडी। गत महिना सुङगल युस्काइले जिन्दगीमा नसोचेको परिणाम भोगिन्। मुस्किलले ज्यान त जोगियो। तर, त्रास अझै बाँकी छ। टर्की र सिरियामा गएको भूकम्पका कारण मर्नेको सङ्ख्या अझै एकिन भएको छैन। तथापि सरकारी तथ्यांक अनुसार टर्कीमा ४५ हजार ९६८ तथा सिरियामा ६ हजार भन्दा बढीको ज्यान गएको छ। बाच्नेको भविष्य पनि अनिश्चित छ।

पहिलो प्रश्न त अब उनीहरू कहाँ बस्ने भन्ने नै हो। १५ लाख जना घरबारबिहीन भएका छन्। उनीहरूको स्थायी समाधानका बारे अझै टुङ्गो लागेको छैन। भूकम्प गएको स्थान २० लाख जनाले छोडिसकेका छन्।

धेरै जना अहिले आफन्तकोमा शरण लिएर बसेका छन्। त्यहाँबाट अन्यत्र जाने विमान र रेलले सो स्थान छाड्न चाहनेलाई निःशुल्क ओसारपसार गरेको छ।

भूमध्ये सागरीय तटको नजिकैको सामनडागमा रहेका सोनगुललाई थाहा भएकै हो कि उनी र उनको परिवार अन्त कतै पनि जाने छैन। ‘यो हाम्रो लागि धेरै महत्त्वपूर्ण हो। यो घर नै भत्किए पनि हामी यही रहने छौं। यो हाम्रो घर हो। हाम्रो बसै कुरा यहीँ छन्। हामी यस स्थानलाई छाड्ने छैनौ।’

भत्किएको घरको परको एउटा झुपडीमा तीन परिवार बसेका छन्। त्यहाँ पाल टाँगिएको छ। त्यहाँ भाग लगाएर खानका लागि केही खानेकुरा छ। पकाउन एउटा सानो स्टोभ राखिएको छ। छेउमा बारेर अस्थायी शौचालय तयार गरिएको छ। तर, यो स्थायी होइन। केही समयपछि यो गनाएर पनि त्यहाँ कोही रहन नसक्ने अवस्था हुनसक्छ। त्यहाँ नुहाउने अवस्था पनि राम्रो छैन। एउटा अस्थायी स्थान त बनाएका छन्। सबै ढाकिएका छैनन्। त्यहाँका छाप्रो र पालमा पनि भीड नै लागेको छ।

सोनुगलका लागि यो घटना धेरै पीडाजनक हो। उनका १७ आफन्त भूकम्पमा परेर मरे। उनी बहिनी टुलाय हराएकी छन्। ‘मलाई थाह छैन। तिनी अझै भत्किएकै स्थानमा छिन् कि’ उनले भनिन्, ‘हामीलाई थाहा छैन। तीनको शरीरलाई बाहिर निकालियो कि निकालिएन। हामीलाई पर्खी रहेका छन्। हामी अन्तिम संस्कार गर्न पनि सकेका छैनौं। हामीले हराएको आफन्तलाई पनि पाउन सकेका छैनौ,’ कुनै नयाँ मानिस त्यहाँ पुगेमा आँखाबाट आँसु चुहाएर उनले भन्ने गरेकी छिन्।

स्केन्डरीममा भएको घर भत्किएपछि उनका ज्वाइँ हाउसमेटन र ११ वर्षीय भतिज लोजानको सुतेकै स्थानमा ज्यान गएको थियो। त्यहाँ एकै पटक तीन वटा ब्लक खसेको समेत छिमेकी बताउँछन्।

परिवारसँग हाँसेर मजाक गरेर बसेको तस्बिर फेसबुकको प्रोफाइलमा अझै छ। लोजानले रातो बेलुनमा हातमा लिएका छन्। भूकम्पले घरबार बिहीन बनाएर विकराल अवस्था आइसकेको टर्कीमा यो एउटा सानो उदाहरण मात्र हो। १ लाख ६० हजार घर भत्किएका छन् तथा बस्न नमिल्ने भएका छन्। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले १५ लाख जना अझै घर भत्किएको स्थानमा नै भएको अनुमान गरेको छ। तीमध्ये कोही पनि जीवित भएको अनुमान गरिएको छैन।

बसेर पढ्नेका लागि एउटा व्यवस्था हुने भनिएको छ। तर, त्यो कहिले भन्ने यकिन छैन। पाल पुगेको छैन। रेडक्रसले च्यारिटी संस्थालाई उपलब्ध गराएको छ। त्यसरी उपलब्ध गराइएका पाल कहिले आइपुग्ने भन्ने टुङ्गो छैन। धेरै सहरका जीर्ण अवस्थामा रहेको घरमा पनि मानिस बसी रहेका छन्।

अदानामा अर्को एउटा परिवार भलिबल कोर्टमा डसना र ब्लान्केट ओछ्याएर बसेको छ। इस्केनडरमको रेलको लिग नजिकै उनीहरूले घर बनाएका थिए। घरबाट एकदम छिटो उनीहरूले रेल चढ्ने अवसर पाउने थिए। त्यो स्थानमा पुग्नका लागि उनीहरूलाई धेरै कठिन हुने थिएन। सम्पूर्ण रूपले उनीहरूले आफू बस्ने घरलाई पूर्ण ठानेका थिए। त्यो घर अहिले भत्किएको छ।

त्यहाँ उनीहरूको अवस्था विकराल छ। त्यसै भलिबल कोर्टमा रहेको सिट नै उनीहरूका लागि ओछ्यान सरह बनेको छ। त्यो भलिबल कोर्टमा भेटिने एक बलिकाको समय समयको रुवाइले धेरैको मन नै कुँड्याउँछ।

सोनुगलका बच्चाले पनि त्यसै किसिमको दुख गरिरहेका छन्। विद्यालय बन्द छ। उनीहरूका सम्पूर्ण खेलौना त्यसै भत्किएको घरमा नै पुरिएका छन्। उनीहरूका लागि पनि दिनहरू अत्यास लाग्दो भएका छन्। समय कटाउन पनि उनीहरूका सामु केही पनि छैन। उनीहरू फोन चलाएर बस्ने गरेका छन्। चाँडो नै सुत्ने गर्छन्।

जब रात पर्न थाल्छ, उनीहरूका लागि समय अझ कठिन हुन्छ। सामडाङमा अहिले अहिले विद्युत् आपूर्ति छैन। यूएनएचसीआरको लोगो अङ्कित एउटा बत्ती त्यहाँ राखिएको छ। उनीहरू शरणार्थी थिएनन्। तर, उनीहरूले सम्पूर्ण कुरा गुमाएका छन्। उनीहरूलाई थाहा छ। विस्तारै त्यो बत्ती पनि निभ्न सक्छ। चार्ज गर्न नपाएपछि ब्याट्रीले पनि काम दिन छाड्ने छ। त्यसपछि रातको समयमा के गर्ने भन्ने बारेमा उनीहरूले अहिले सोच्न पनि सकेका छैनन्। अर्को पराकम्पको डरले उनीहरू रातभर निदाउन सकेका छैनन्। उनीहरू हरेकका पीडा जत्ति सुने पनि सुन्नेका आँखा रसाउने गरेका छन्।

‘हामी स्वतन्त्र व्यक्ति हौं। हामी स्वतन्त्रता पूर्वक बाँची रहेका थियौं। हामी हाम्रै घरमा खुसीसाथ बसी रहेका थियौं’, सोनुगलका पतीले भने, ‘अहिले हामी एउटै पालमा तीन परिवार बसेका छौं। त्यसमा मुस्किलले अटाएका छौं।’

यो नयाँ र कहालीलाग्दो अनुभव भोगेका उनले अबको भविष्य कस्तो हुने भन्ने बारेमा सोच्न समेत भ्याएका छैनन्। सोनुगल जस्ता हजारौँ परिवारको पीडा अहिले टर्कीमा छ। त्यो पीडालाई सम्बोधन गर्ने नयाँ जिम्मेवारी सरकारको सामु छ। सहयोग गरेर उनीहरूलाई पीडाबाट चाँडो मुक्ति दिलाउने जिम्मेवारी पवि विश्व समुदाय माझ थपिएको छ। स्रोत : बीबीसी