फाइल फोटो

ब्रेकिङ स्टोरी

बालुवाटारमा माओवादी घटकहरुको बैठक जारी

By खबरहब

March 07, 2023

काठमाडौँ – माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, विश्वभक्त दुलाल ‘आहुति’, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित  छन्।

सङ्क्रमणकालीन न्यायको सवालमा परिस्थिति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरूको बैठक बसेको हो।