समाचार

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन हुँदै

By खबरहब

March 07, 2023

वीरगञ्ज-वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअनुसार कार्यसमितिका सदस्यको मनोनयन दर्ता गरिएको छ ।

मनोनयन दर्ता गराएकामध्ये वस्तुगत सङ्घतर्फबाट सदस्यमा हरि पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बालसुन्दर खरेलले जानकारी दिए । वस्तुगत सङ्घतर्फका सदस्यमा पन्तको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत खरेलले बताए। उद्योगतर्फ १३, वाणिज्यतर्फबाट १६, एशोसियट तर्फबाट छ र वस्तुगत तर्फबाट एक गरी सङ्घमा ३५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।

उद्योगतर्फ १८, वाणिज्यतर्फ २५, एशोसियटतर्फ आठ र वस्तुगततर्फ एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले जनाए । फागुन २४ गते मनोनयन फिर्ता दिने समय तोकिएको छ भने ३० गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ । कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताए ।

कार्य समिति सदस्य मध्येबाटै ११ पदाधिकारी चयन गर्ने व्यवस्था सङ्घको छ ।