सांकेतिक तस्बिर

समाचार

भारतीय कारको ठक्करबाट बालिकाको मृत्यु

By खबरहब

March 07, 2023

सर्लाही – सर्लाहीको बलरा नगरपालिका-२ मा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी प्रहरीले जनाएको छ ।

भारतीय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हो ।

ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।