सांकेतिक तस्बिर

समाचार

काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

March 07, 2023

काठमाडौँ – काठमाडौँको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडि सवार १ जना घाइते भएकी छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् । गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल सोमबार राति साढे १ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ ।