राजनीति

नेमकिपाले एमसीसी खारेज गर्ने प्रतिबद्धता जनाउनेलाई राष्ट्रपतिमा सघाउने 

By खबरहब

March 07, 2023

भक्तपुर-नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई सघाउने बताएको छ।

नेमकिपाले यही ब्यहोराको चिठी लेखेर राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङलाई  पठाएको छ ।

पार्टी सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाउनेलाई मत दिने बताएका छन् ।

उनले राष्ट्रपति उम्मेदवारहरूले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए । दुवै राष्ट्रपति उम्मेदवारहरू भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले सुनाए ।