खेलकुद

उत्कृष्ट प्रशिक्षककाे अवार्ड अल्मुताइरीलाई

By खबरहब

March 07, 2023

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड हस्तान्तरण गरेको हो।

अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।

उनीहरूलाई पछि पार्दै अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।