खेलकुद

रोहनको फोटो पोष्ट गर्दै सन्दीपले भने- ‘मैदानभित्र प्रतिस्पर्धी मैदान बाहिर साथी’

By खबरहब

March 07, 2023

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले यूएईका क्रिकेट खेलाडी रोहन मुस्तफा र आफूबीच मनमुटाव नभएको स्पष्ट पारेका छन् ।

दुबईमा भएको यूएईविरुद्धको खेलको दौरान लामिछाने र यूएईका मुस्तफाबीच क्रिजमा नोकझोक भएको थियो । उक्त कुरा क्रिकेट समर्थकबीच ‘हट टपिक’ बनिरहेको बेला सन्दीपले फेसबुकमा फोटो पोष्ट गर्दै ‘मैदानभित्र प्रतिस्पर्धी मैदान बाहिर साथी’ लेखेका छन् ।

तस्बिर हेर्दा पनि उनीहरुबीच कुनै रिसराग नरहेको सौहार्दपूर्ण सम्वन्ध देखिन्छ । सन्दीप र मुस्तफा धेरै समयदेखि राम्रो साथी हुन् र उनीहरुले थुप्रै फ्रेन्चाइज लिगहरु सँगै खेलेका छन् । मुस्तफाले नेपालमा पनि टि–२० लिग थुप्रै खेलिसकेका छन् ।