खेलकुद

अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु

By खबरहब

March 07, 2023

अर्घाखाँची – चौथो अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता आजबाट अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।

अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष जीवनारायण कोइराला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन आज एक खेल भएको छ । रोयल खाचिकोट र इलाभेन ब्रदर्श डिभर्नाको विचमा भएको पहिलो खेलमा रोयल खाचिकोटले इलाभेन ब्रदर्श डिभर्नालाइ १६ रनले पराजित गरेको छ । खेलको म्यान अफ दि म्याच खाचिकोटका केशव गैरे बन्न सफल भए । उनले महवपूर्ण ३ विकेट लिएका थिए ।

स्थानीय खेलाडीहरूको प्रोत्साहन सहित दक्ष खेलाडीहरु उत्पादनको लागि आयोजना गरिएको प्रतियोगितामा चार टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिएका छन् ।