सांकेतिक तस्वीर ।

समाचार

लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

By खबरहब

March 07, 2023

कैलाली – कैलालीमा लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षका भरत विक पक्राउ परेका हुन् । उनको साथबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४सय २०मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।