प्रवास

कुवेतले गर्‍यो ९ हजार विदेशीलाई देश निकाला

By खबरहब

April 07, 2023

दोहा– पछिल्लो तीन महिनाको अवधिमा कुवेतले ९ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा विभिन्न राष्ट्रियता भएका ९ हजार आप्रवासीहरूलाई देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ ।

देश निकाला गरिएकामध्ये करिब ४ हजार महिला रहेको बताइएको छ । देश निकाला गरिएका मध्य पहिलो स्थानमा भारतीय समुदाय, दोस्रोमा फिलिपिनो समुदाय, तेस्रोमा श्रीलंकाली समुदाय र चौथोमा इजिप्टियन समुदाय छन्।

हाल करिब ७ सय पुरुष र महिला निर्वासन जेलमा छन्। आवश्यक प्रक्रिया पूरा गरी आगामी दश दिनभित्र उनीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाइएको छ । विगत तीन महिनामा लागूऔषध दुर्व्यसन र ओसारपसार गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।