ब्रेकिङ स्टोरी

डा. वाग्लेतर्फ सङ्केत गर्दै कांग्रेस नेता डा. कोइरालाले भने : अवसरवादीबाट जोगिनुपर्छ

By खबरहब

April 07, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले आफू अवसरवादीबाट सावधान भइसकेको बताए ।

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी गएका डा. स्वर्णिम वाग्लेतर्फ सङ्केत गर्दै उनले अरु मानिसहरुलाई पनि अवसरवादीबाट साधवन हुन सुझाव दिए । कांग्रेसले टिकट नदिएपछि डा. वाग्लेले रास्वपाबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् ।