राजनीति

दलहरु जातीय राजनीतिमा केन्द्रित हुँदा श्रमिकका मुद्दा ओझेलमा परे : डा. कोइराला

By खबरहब

April 07, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जातीय राजनीतिमा दलहरु केन्द्रित हुँदै गएकोले श्रमिकका मुद्दाहरु ओझेलमा परेको बताएका छन् ।

कोइरालाले सबै स्वार्थ छाडी ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको बताए । कोइरालाले कांग्रेस पार्टीभित्र आफूले धेरै कुरा गर्न चाहेपनि अवसरवादी हावी हुँदा केही गर्न नसकेको बताए । उनले अवसरवादीहरु बाट चनाखो रहन समेत कार्यकर्ताहरुलाई आग्रह गरे ।

काठमाडौँमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले विश्व राजनीतिमा श्रमिकको अधिकार कटौती गर्ने क्रम सुरु भएको त्यसमा सचेत हुने समय आएको पनि बताए ।