अपराध

किर्ते गरी बनाएको नेपाली नागरिकतासहित एक जना तिब्बती शरणार्थी पक्राउ

By खबरहब

April 07, 2023

काठमाडौँ- किर्ते गरी बनाएको नेपाली नागरिकतासहित एक जना तिब्बती शरणार्थी पक्राउ परेकी छिन् ।

प्रहरीले सरकारी कार्यालयहरुको कागजात, छाप र कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुठो लिखत तथा नक्कली सिफारिस तयार पारेर काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नक्कली नागरिकतासहित सनमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

२७ वर्षीया गुरुङलाई बौद्धबाट पक्राउ गरी नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवाश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनी तिब्बतबाट भारतको बिहार र दिल्ली हुँदै विगत दुई वर्षदेखि बौद्धको टुसाल शिविरमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले नागरिकता बनाउनका लागि कृष्णबहादुर कटुवाललाई ५ लाख रुपैयाँ दिएको खुल्न आएको छ ।