देश/प्रदेश

नयाँ वर्षमा रामेछापका कलाकारले साँस्कृतिक कार्यक्रम गर्ने

By खबरहब

April 07, 2023

काठमाडौँ- रामेछापका कलाकारहरूले नयाँ वर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले कार्यक्रमबारे जानकारी दिएका हुन् ।

कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजले जनाएको छ ।

वैशाख ९ गते आयोजना गरिने सो कार्यक्रमा रामेछापबाट निर्वाचित सांसदलाई सम्मान गरिने, रामेछापका विशिष्ठ स्रष्टालाई सम्मान गरिने र संस्थागत कलाकारलाई सम्मान गरिनेसमेत आयोजकले जानकारी दिएको छ ।