देश/प्रदेश

हाँडीगाउँको जात्रा सम्पन्न

By खबरहब

April 07, 2023

काठमाडौँ- हाँडीगाउँको जात्रा सम्पन्न भएको छ । यस जात्रामा टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ ।

त्यसक्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् ।

त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविदको भनाइ छ ।