राजनीति

उपप्रधान तथा रक्षामन्त्री खड्काद्वारा जङ्गीअड्डाको भ्रमण

By खबरहब

April 07, 2023

काठमाडौँ- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक मुख्यालय जङ्गीअड्डाको परिचयात्मक निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उने ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।

उनले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै सेनाको विशेषता भएको हुँदा त्यसलाई निरन्तरता दिन सुझाव दिए ।

उक्त अवसरमा मन्त्री खड्कासमक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका कार्यलगायतबारे विविध जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले सेनाले नेपाली जनताको शीर उचो राख्न तथा जनताको विश्वासिलो संस्थाका रुपमा सधैँ अब्बल रहन सकेको भनी प्रसंशा गरेका छन् ।