अन्तर्राष्ट्रिय

चीनको साङ्घाईमा जनसङ्ख्या घट्दै

By खबरहब

April 07, 2023

काठमाडौँ- चीनको साङ्घाई सहरमा जनसङ्ख्या घट्दै गएको पाइएको छ । साउथ चाइना मर्निङ पोेस्टका अनुसार गत वर्ष पनि उक्त सहरको जनसङ्ख्या घटेको हो ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा साङ्घाईको जनसङ्ख्यामा १ लाख ३५ हजार ४ सयले गिरावट आएको हो । सन् २०२२ मा साङ्घाईको कुल जनसङ्ख्या २ करोड ४७ लाख ६० हजार रहेको जनाइएको छ ।

सन् २०१५ यता साङ्घाईको जनसङ्ख्या तीन पटक घटेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । सहरका स्थायी बासिन्दाको सङ्ख्यामा केही वृद्धि भएपनि रोजगारीका लागि आएका मानिसहरुले सहर छाडेपछि जनसङ्ख्या घटेको बताइएको छ ।

चीनले लागू गरेको शून्य कोभिड नीतिका कारण रोजगारीका लागि आएका मानिसहरुले सहर छाडेको विश्लेषण गरिएको छ । गत वसन्त ऋतुमा सहरमा दुई महिना लामो लकडाउन लागू भएको थियो ।

पछिल्ला केही समययता सहरको जनसङ्ख्यामा २ करोड ४५ लाख र २ करोड ४९ लाखबीच उतारचढाव हुँदै आएको छ ।