प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

खोलामा डुबेर एक युवकको मृत्यु

By खबरहब

May 07, 2023

दैलेख– दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो ।

हिजो दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।