फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रियसभाको बैठक बस्दै

By खबरहब

May 07, 2023

काठमाडौं– संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौधौँ अधिवेशनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद् भवन बानेश्वरमा बस्नेछ । 

संघीय संसद् भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सबन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन भने अध्यक्ष तिमिल्सिनाले  राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सबन्धी  पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश-२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।

साथै, अर्थमन्त्री डा। प्रकाशशरण महतले आब २०८०-८१ का लागि बिनियोजित विद्येयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।