फाइल फोटो

राजनीति

संघीय संसद्का नवनियुक्त सचिवहरूको सपथ आज

By खबरहब

May 07, 2023

काठमाडौं– संघीय संसद् अन्तर्रगतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिदैछन् । संघीय संसद् सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको सपथ लिन लागेका हुन । 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त सपथ समारोह  कृषि समितिको हल, सिंहदरवारमा हुनेछ । 

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र  राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन । 

उनीहरु दुवैजना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन ।