ब्रेकिङ स्टोरी

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुरेन्द्र आचार्यलाई, आजै सपथ

By खबरहब

May 07, 2023

काठमाडौँ– महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउने छन् ।

महिला बालबालिका मन्त्रालय सम्हालीरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ । 

 गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन् ।