फाइल तस्वीर

ब्रेकिङ स्टोरी

१०औँ पटक मन्त्रिपरिषद विस्तार, एक मन्त्रीले लिए शपथ

By खबरहब

May 07, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र यसअघि सो मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्य र यादवलाई मन्त्रीका नियुक्त गरेका थिए ।

यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिए ।