प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

निसीखोलामा डुबेर बालिकाको मृत्यु

By खबरहब

May 07, 2023

काठमाडौँ- बागलुङको निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।

बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकिराको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।