फाइल फोटो

देश/प्रदेश

मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको मृत्यु

By खबरहब

May 07, 2023

गमगढी- मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको हिमपहिरोमा परेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा पातारासी–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, ३६ वर्षीय वीर बोहोरा र ४० वर्षीय तारासिंह सार्की छन् ।

यार्सा संकलनका लागि पातारासीबाट १४ जनाको टोली त्यसतर्फ गएका थिए ।