फाइल फोटो

देश/प्रदेश

कागेश्वरी मनोहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

By खबरहब

May 07, 2023

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका ९ मानटार भगवतीमार्गस्थित एक टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ६० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।