फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा हतियारको भण्डार फेला

By खबरहब

May 07, 2023

काबुल- अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको अफगान गुप्तचर महानिर्देशनालय (जीडीआई) ले आइतबार जनाएको छ ।

गोप्य सूचनाको आधारमा गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अकारवाही गरेको र दुई मोर्टार र हजारौँ गोली सहित धेरै हतियारहरू फेला पारेको बताइएको छ । अफगान सुरक्षा बलले पछिल्ला केही दिनमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तमा पनि ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको थियो ।

यस्तै कारवाहीमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलो हतियार भण्डार फेला पारेको थियो । अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मीबाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।