सांकेतिक तस्बिर

अपराध

कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ

By खबरहब

May 07, 2023

धनगढी– प्रहरीले कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार ब्यारेल नजिकबाट लागूऔषधसहित गौरीगंगा नगरपालिका–८ का १९ वर्षीय राममाया कुश्मी शनिबार पक्राउ परेका छन् । उनी दुई ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् ।

३ ग्राम ८० मिलिग्राम लागूऔषधसहित शनिबार लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौराका ३३ वर्षीय प्रेम सुनार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र प्रेमलाई करिब ९ सय १० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको हो ।