आर्थिक

प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो

By खबरहब

June 07, 2023

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ। यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ।

५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ।

एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।