ब्रेकिङ स्टोरी

‘भारत जाने दिनै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो’

By खबरहब

June 07, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणमा जाने दिनमै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले आफ्नो भारत भ्रमणमा जाने दिनमै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएकाले शंका उपशंका गरिनुको कुनै तुक नरहेको बताए ।

नागरिकता विधेयकका विषयमा पूर्वप्रधानन्यायाधिवक्तासहितको छलफलको सुझावको आधारमा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्नु उचित हुने राष्ट्रपतिलाई सुझाव दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक विचाराधीन अवस्थामा नरहेको भन्दै उनले उक्त विधेयक प्रमाणीकरण नगर्दा गलत नजिर बस्ने खतरा रहेको जनाए । तर, यसबारे अदालतमा रिट परेको र अदालतबाट हुने फैसलालाई सम्मान गरिने प्रधानमन्त्रीको भनाइ छ ।