फाइल तस्वीर

देश/प्रदेश

गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण

By खबरहब

June 07, 2023

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा गर्भवतीका लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्न रु पाँच लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जानकारी दिए । 

उपाध्यक्ष सिलवालले भने, ‘हामीले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले निःशुल्क क्याल्सियम र अण्डा वितरण कार्यक्रम ल्याएका हौँ ।’ उनले कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए । 

गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख (जनस्वास्थ्य निरीक्षक) हरि देवकोटाका अनुसार अनुसार एकजना गर्भवतीलाई एक क्रेट अण्डा  र  आवश्यकता अनुसार क्याल्सियम चक्की दिइएको छ ।