सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा मोटरसाइकलबाट खस्दा महिलाको मृत्यु

By खबरहब

June 07, 2023

काठमाडौँ- कैलालीमा मोटरसाइकलबाट खस्दा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा ५६ प ४६२१ नम्बरको मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा उनी खसेकी थिइन् । डगौरा पछाडिबाट खसेपछि उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।