देश/प्रदेश

चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला

By खबरहब

July 07, 2023

काठमाडौँ– चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी भर्‍याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । 

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले घटनास्थलको मुचुल्का पछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको जानकारी दिए । 

प्रहरीले ताम्राकारको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

‘रानी’ चलचित्रबाट अभिनय सुरु गरेका ताम्राकारले ‘मेरी मामु’ ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका थिए ।