खेलकुद

एनभीए क्लब लिग भलिबलको खेल तालिका सार्वजनिक

By खबरहब

July 07, 2023

काठमाडौँ– भोलिबाट सुरु हुने एनभीए राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघले सातौँ संस्करणको प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टिम समावेश गरी तालिका सार्वजनिक गरेको हो ।

संघका अनुसार शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र शैलुङ बागढुंगा क्लब रामेछाप भिड्नेछन् ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबसँगै न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी, पुरुषमा हेल्प नेपाल, त्रिभुवन आर्मी, एपीएफ क्लब, पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।