ब्रेकिङ स्टोरी

बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी न्यायाधीश भट्टराई र फुँयालको इजलासमा

By खबरहब

July 07, 2023

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासमा हुँदैछ ।

हिजो न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको रिट हेर्न नमिल्नेमा परेको थियो । 

प्रहरीले पक्राउ गरेरका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । सो रिटमा उनीहरूले आफूहरूलाई विनाशर्त रिहा गर्न माग गरेका छन् ।