देश/प्रदेश

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस लाग्यो : शेखर कोइराला

By खबरहब

July 07, 2023

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहबारे दिएको अभिव्यक्तिले संसदको गरिमामा आघात पुगेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कोइरालाले सो अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्याएको बताए ।

गत सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।

नेता कोइरालाले कोशी प्रदेशमा सभामुखको भूमिका संविधान विपरीत भएको बताए । उनले सभामुख तटस्थ पद भएकाले सरकार बनाउने खेलको अंकगणितमा मिसिन नहुने बताए ।