ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिनू : सर्वोच्च

By खबरहब

July 07, 2023

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गरेको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको हो ।

यसअघि २०७९ साउन १९ गते सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी १७ जनालाई अन्तरिम आदेश जारी गरेको थियो ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले आफूहरुलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्चको उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै सीआईबीले भ्याकेट निवेदन दर्ता गराएको हो । अदालतले भ्याकेटबारे ती १७ जना विपक्षीलाई २४ घण्टाभित्र जानकारी दिएर इजलासमा पेश गर्न आदेश दिएको हो ।