देश/प्रदेश

फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

July 07, 2023

काठमाडौँ- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका घर भई हाल काठमाडौँ बस्ने प्रतापसिंह लोवालाई बानेश्वरबाट पक्राउ गरेको हो ।

उनले ३ जनालाई पटक पटक गरी ६ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ । फ्रान्स जान १० लाख रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछि प्रतिमहिना २ लाखसम्म तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

पीडितले पैसा बुझाएपछि उनी फरार भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।