राजनीति

माओवादी संसदीय दलको बैठक जारी

By खबरहब

August 07, 2023

काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि बैठक जारी छ ।

केन्द्रीय समिति बैठक सम्पन्न भएको भोलिपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र विषय छनौट गर्ने विषयमा छलफल भइरहेको छ ।

साउन १० गतेदेखि भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा खेल्ने भूमिका र सरकारका पछिल्ला काम कारवाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।