फाइल तस्वीर

देश/प्रदेश

पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक पुन अवरुद्ध

By खबरहब

August 07, 2023

काठमाडौं – पहिरोका कारण भालुवाङ–प्युठान–रोल्पा सडक पुन अवरुद्ध भएको छ। वर्षासँगैको पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध उक्त सडक खण्ड आइतबार मात्रै खुलेको थियो ।

सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो। अब भोलि बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले बताए।

ठूलो पहिरोका कारण गएको बुधबारदेखि बन्द भएको सडक हिजो बेलुकादेखि खुलेको थियो। आजदेखि सडक पुन बन्द भएको हो।