ब्रेकिङ स्टोरी

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष रिजालको निधन

By खबरहब

September 07, 2023

काठमाडौँ– काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रीय सभापतीसमेत रहेका वडाध्यक्ष रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो ।

उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई उच्च ज्वरो तथा निमोनिया भएकाले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।