राजनीति

ललिता निवास प्रकरणमा थुनछेक बहस जारी

By खबरहब

September 07, 2023

काठमाडौँ– काठमाडौँको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थुनछेक बहस जारी रहेको छ । गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।

जग्गा किर्ते मुद्दामा पक्राउ परेका १८ जनाको भदौ ११ देखि १५ गतेसम्म बयान लिइएको थियो । गत आइतबार सरकारी वकिलले बहस सुरु गरेका थिए । त्यसपछि सोमबारबाट प्रतिवादीतर्फको बहस भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय काठमाडौँले भदौ १० गते सरकारी छाप किर्तेमा मुद्दा चलाएको थियो ।

ललितानिवास जग्गा प्रकरणमा मृत्यु भइसकेका २१ सहित ३१० जनालाई प्रतिवादी बनाइएको छ । पक्राउ परेका १८ जना बाहेकलाई फरारको सूचीमा राखिएको छ ।