बलिउड/हलिउड

बलिउड अभिनेता शाहरूखको ‘जवान’ आजबाट प्रदर्शनमा

By खबरहब

September 07, 2023

काठमाडौं– बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । 

अग्रिम बुकिङमा पनि फिल्म आक्रामक देखिएको छ । भारतमा ७० करोड भारु हाराहारीको ओपनिङ गर्ने लक्ष्य लिइएको फिल्मले नेपालमा पनि आक्रामक कमाइ गर्ने आँकलन गरिएको छ । 

एट्लीको निर्देशन रहेको यो फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायतको अभिनय छ ।