फाइल फोटो

समाचार

काठमाडौँ महानगरले शुक्रबार शोक बिदा दिने 

By खबरहब

September 07, 2023

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइने भएको हो। अध्यक्ष रिजालको आज बिहीबार बिहान निधन भएको थियो ।

रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेका अनुसार उनको दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उनको निधन भएको हो ।