राजनीति

सरकारी गाडीको दुरुपयोग भइरहेको छ : अमरेशकुमार सिंह

By खबरहब

September 07, 2023

 काठमाडौँ– प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारी गाडी दुरुपयोग भइरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले एकै मन्त्रीले ४/५ वटा सरकारी गाडी लिएको बताएका हुन् ।

उनले भने, ‘मन्त्रीलाई सरकारको सुविधा एउटा गाडी पाउने हो,’ तर कुनै मन्त्रीजीको ४/५ वटा गाडी छ।’

औपचारिक कार्यक्रमका लागि कार, निर्वाचन क्षेत्रमा जान जिप, श्रीमतीलाई र आफन्तलाई गरी चार वटा गाडी लिने गरेको सिंहले दाबी गरे।